Skip to main content

Posts

Showing posts from 2020

मौन प्रतिक्षा !

जीवनका ती मोडहरु जहाँ तिम्रा सुन्दर आँखाहरु भेटिन्छन् जीवनका ती घुम्तिहरु जहाँ तिम्रा मुस्कानहरु पोखिन्छन् जीवनका ती बाङ्गाटिङ्गा गल्लिहरु जहाँ तिम्रा पदचापहरु  भेटिन्छन् ती सवैलाइ नियाल्नु छ एकपटक !   जोखेर तिम्रा स्नेहरुको घनत्व तौलेर तिम्रा करुणाहरुको गुरुत्व नापेर तिम्रा व्यक्तित्वको विराटता निशव्द हुनु छ एकपटक !   उदाउनु र अस्ताउनु भन्दा पर स्वागत र विदाइ भन्दा पर स्विकारोक्ति र अस्विकारोक्ति भन्दा पर तिमीलाइ महशुस गर्नु छ एकपटक !   तिम्रा प्रत्येक वाणिमा खोज्नु छ दर्शन तिम्रा प्रत्येक वाक्यमा खोज्नु छ जीवनको अर्थ तिम्रा प्रत्येक हेराइमा खोज्नु छ दृष्टिकोण एकपटक ! जूनेलि रातमा खोज्नु छ आकाशमा तिम्रा आकृति, खोलाको किनारमा खोज्नु छ वालुवामा तिम्रा पदचापहरु, खोज्नु छ समयका फेदमा जम्मा भएका रिक्तताहरु अनि भर्नु छ त्यसलाइ तिमीले गुनगुनाएका ध्वनिहरुले एकपटक !

के उपहार दिउँ तिमीलाइ तिम्रो जन्मदिनमा ?

      तिम्रो जन्मदिनमा के उपहार दिउँ तिमीलाई सुन्दर पेन्टिङ उपहार दिउँ भने तिमीभन्दा सुन्दर केहि छैन यहाँ गीत उपहार दिउँ भने तिम्रा सुन्दर आँखाहरुले गाउने गीत सबैभन्दा सुन्दर छन् साँच्चै के उपहार दिउँ तिमीलाई तिम्रो जन्मदिनमा ! सूर्यको जस्तै उज्यालो किरण उपहार दिउँ भने तिमीलाई फिक्का हुन्छ तिम्रो मुहारको आभा अगाडि साच्चै के उपहार दिउँ तिमीलाई तिम्रो जन्मदिनमा ! सोच्छु हिमालहरुको मुस्कान दिउँ फेरि लाग्छ तिम्रो भव्य मुस्कान अगाडी त्यो पनि आफूलाई होचो महसुस गर्छ होला तिम्रो कपाललाइ छोएर गएको त्यहिं हावा तिमीलाई उपहार दिउँ भने हावा पनि लजाउँछ होला तिम्रो अगाडी उभिन साँच्चै के उपहार दिउँ तिमीलाई तिम्रो जन्मदिनमा ! सोच्छु केहि अक्षरका हरफहरु दिउँ फेरि लाग्छ तिमी आफै एउटा पुस्तक हौ जसलाई मानिसहरु पढ्न जान्दैनन् तिम्रा भव्य काव्यका अगाडी ती हरफहरु गायब हुनेछन तिम्रा सिर्जनशिलताका अगाडी ती फिक्का हुनेछन साँच्चै के उपहार दिउँ तिमीलाई तिम्रो जन्मदिनमा ! सोच्छु तिमीलाई मौनता दिनेछु उपहारमा फेरि लाग्छ वर्षौदेखि तिमी आफै मौन छौ जीवनप्रवाहका अनेक घुम्तिहरुले तिमीलाइ मौन बनाएको छ तिम्रो ...

तिमी उभिएकी छौ सँघारमा !

सँघारमा उभिएकी छौ तिमी तिमीलाइ स्वागत गरौ कि विदाइ म आफैँ दोधारमा छु गनिरहेको छु ति पलहरु जसलाइ तिम्रो आगमनले अनमोल बनाएको थियो अनि विर्सन खोजिरहेको छु हाम्रा कयौँ मौन संवादहरु जहाँ व्यक्त गरिएको थियो वियोगका सुस्केराहरु ! तिम्रो आगमनले ल्याएको थियो एउटा भव्य उमङ्ग जसलाइ सजाएको छु स्मृतिको कोलाजमा  सायद तिम्रो विदाइ पनि उत्सव बन्नेछ यो शहरमा तिमीले गाउने स्वतन्त्रताको गीत फेरि एकपटक बज्नेछ यो ब्राह्मणमा !! सम्झिदै जाँदा सम्झिने रहेछ तिम्रो सुन्दर केशरासीमा अल्झिएका सम्झनका अनेक फूलका थुङ्गाहरु तिमीसँगको पहिलो भेट तिम्रा मुस्कानहरु तिम्रा इशाराहरु तिम्रा सङ्केतहरु सबै सबै सम्झिने रहेछ सम्झिने रहेछ पहिलोपटक तिमीलाइ सम्झिदै जूनहरु हेरेको कथा !! तिम्रा प्रत्येक चन्चलता भित्रका शालीनता तिम्रा प्रत्येक संवादहरु भित्रका दार्शनिकता तिम्रा प्रत्येक स्पर्शहरु भित्रका असिम स्नेह सबै सबै नियालिरहेको छु तिमी उभिएकी छौ सँघारमा तिमीलाइ स्वागत गरौ कि विदाइ म आफै दोधारमा छु स्वागत गरौ तिमीले गुमाइसकेकि छौ तिमी आफैभित्र...

तिमीले भन्यौ हामीले पत्यायौ

तिमीले भन्यौ हामीले पत्यायौ तिमीले सुनायौ आफ्नो गौरवगाथा हामीले पत्यायौ तिमीले सविस्तार लगायौ आफ्ना सपनाहरु हामीले पत्यायौ तर हामी आज जागेका छौ अनि देखिरहेका छौ तिम्रा ताण्डव नृत्यहरु ! घामका किरणहरु छिरेका थिए यस छाप्रोमा कुनै समय जसलाइ हामी आशाका किरणहरु भन्थ्यौ तिम्रो आवाजको गर्जन जसलाइ हामी नविन युगको उद्घोष भन्थ्यौ हो, तिमी आइरहन्थ्यौ यी आदिम वस्तीहरुमा जसले लगाउने चप्पल हाम्रा जस्तै थिए जसका लुगा हाम्रा जस्तै हुन्थे तर तिम्रो अनुहारको आभा हामी सबैलाइ प्रिय थियो जहा सधै एउटा क्रान्तिको सुस्केराहरु हुन्थ्यो जसले तिमीलाइ अझ सुन्दर बनाएको थियो !! हामीले सँगै गाएका थियौँ मुक्तिका गीतहरु हिडेका थियौँ सँगै गोरेटोहरु जहाँ गाइन्थ्यो सवतन्त्रताको गीतहरु तिमीले सुनाएका प्रत्येक कथाहरुमा जहाँ पाउथ्यौ हामी आफैलाइ तिमीले देखाएका सपनाहरु जहाँ पाउथ्यौ हामी आफ्नै भविष्य हो, तिमी आइरहन्थ्यौ अनि हामी पछ्याइरहन्थ्यौ तिम्रा पदचापहरु !!! आज तिमीले विर्सिएका छौ ति आदिम वस्तिहरुलाइ तिमीले भुलेका छौ आफ्नै अनुहारको आभालाइ ...

नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ !

प्रिय नयाँवर्ष, म तिमिलाइ कसरि स्वागत गरौ सँघारमा उभिएर नियालिरहेको छु तिम्रो आगमन पहिले पहिले तिम्रो स्वागतमा शहर झिलिमिलि हुन्थ्यो मानिसहरु खुशिमा झुमेका हुन्थे गाइन्थ्यो एउटा उत्सवको गित तर आज शहर चुपचाप छ ! सारा संसारले आशुको गीत गाउँदा मानिसहरु आक्रान्त बन्दा लहरै राखिएका लासका पंक्ति अनि उनिहरुको वियोगमा आफन्तले झारेका यी आशुहरुको कथा सुने पछि नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ ! आफ्नो घरको बाटो पछ्याउदै हिडेका ति तमाम मजदुरहरुको थाकेका पैतला गलेका अनुहार लामो दुरि हिडेपछि सुसेलेका सुस्केरा सुनिसकेपछि नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ ! घर भित्रै थुनिएपछि निभ्न लागेको चुलो छोराछोरिको भोकको कर्कस आवाज र आफू भित्रको छटपटिलाइ नियालिरहेको मजदुरको अनुहार सम्झिएपछि नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ ! लाग्छ नयाँवर्ष तिमिलाइ पर धकेलिदिउँ अनि कुरौ यो महामारिको अन्त्य जसपश्चात सिँगो मानव सभ्यताले नविन यात्राको प्रारम्भ गर्नेछ र प्रेम गर्नेछ आफ्नो पृथ्विलाइ !!

घर फर्किरहेको मानिस

एक अञ्जुलि समय लिएर यो शहरमा ऊ पाहुना हुन आएको थियो सायद यो शहरमा उसले सबै पायो पायो केहि स्वागतहरु घुम्तिमा पर्खिरहेकि प्रेमिकाको आँखाहरु चोकमा कुरिरहेका मित्रहरुका सुस्केराहरु तर उसले पाएन यो शहरमा आफ्नै छाया ! उसले आफूसँगै थुप्रै प्रश्नहरका उत्तरहरु ल्याएको थियो केही विवशताका उत्तरहरु केही रहरका उत्तरहरु केही सपनाका उडानहरुका कथाहरु सँगै ल्याएको थियो रित्तिएका आँशुका कथाहरु हृदयको गहिराइमा वसेका खतहरुका गीतहरु तर उसले ल्याएको थिएन यो शहरमा आफ्नै छाया किनभने उसको घामले यो शहरलाई चिन्दैन्थ्यो !! ऊ यो शहरमा आफ्नो पुरानो जूनलाई हेर्न आएको थियो जसले रहरका पखेटाहरु हालिदिएको थियो ऊ यो शहरमा फेरि एकपटक आएको थियो !!! घर फर्किरहेको मानिस फेरि आउनेछ यो शहरमा किनभने जादाजादै उसले आफ्ना मन्दिरहरु यहि बनाएर गएको थियो !!!!

“ बगिरहेका बालकहरु ’’

बगिरहेका छन् दुइ बालक समातेर आफ्नै धरोहरका औँलाहरु पछ्याउदै आफ्नै आस्थाका काखहरु आज पानीमा मिसिएका छन् उदाउँदै गरेका दुइ घामहरु ! छट्पटाउदै बगिरहे उदाउन बाँकि दुइ घामहरु छुट्टिए आफ्ना विश्वासका औलाहरुबाट छुट्टिए आफ्ना साहाराका काखहरुबाट अनि एकाएक मिसिन पुगे पानीमा ! बग्दाबग्दै यी पानीमा फुल्न बाँकि दुइ फूलहरु समाधिस्थ भए समातेर आफ्नै भगवानका औलाहर च्यापेर आफ्नै जीवनदाताका काखहरु एकाएक मिसिन पुगे पानीमा ! निस्सासिदै बगिरहे उदाउन बाँकी जूनहरु छट्पटाइरहे पानीमा रोकिएर सास अबरुद्ध भएर गला समाधिस्थ भए यही बगिरहने पानीमा यी सुन्दर   दुइ आशाहरु ! छट्पटाउदै बगिरहँदा रोदनहरु यही पानिले मात्रै सुनिरह्यो आँशुहरु   पनि यही पानीमा मिसिन पुगे वेदनाका गीतहरु यही पानीले मात्रै सुसेलिरह्यो एकोहोरो र समाधिस्थ भए दुइ वालकहरु समातेर आफ्नै जीवनदाताका औँलाहरु !