तिमीले भन्यौ
हामीले पत्यायौ
तिमीले सुनायौ आफ्नो गौरवगाथा
हामीले पत्यायौ
तिमीले सविस्तार लगायौ
आफ्ना सपनाहरु
हामीले पत्यायौ
तर हामी आज जागेका छौ
अनि देखिरहेका छौ तिम्रा
ताण्डव नृत्यहरु !
घामका किरणहरु छिरेका थिए
यस छाप्रोमा कुनै समय
जसलाइ हामी आशाका किरणहरु
भन्थ्यौ
तिम्रो आवाजको गर्जन
जसलाइ हामी नविन युगको
उद्घोष भन्थ्यौ
हो, तिमी आइरहन्थ्यौ
यी आदिम वस्तीहरुमा
जसले लगाउने चप्पल हाम्रा
जस्तै थिए
जसका लुगा हाम्रा जस्तै
हुन्थे
तर तिम्रो अनुहारको आभा हामी
सबैलाइ प्रिय थियो
जहा सधै एउटा क्रान्तिको
सुस्केराहरु हुन्थ्यो
जसले तिमीलाइ अझ सुन्दर
बनाएको थियो !!
हामीले सँगै गाएका थियौँ
मुक्तिका गीतहरु
हिडेका थियौँ सँगै
गोरेटोहरु
जहाँ गाइन्थ्यो सवतन्त्रताको
गीतहरु
तिमीले सुनाएका प्रत्येक
कथाहरुमा
जहाँ पाउथ्यौ हामी आफैलाइ
तिमीले देखाएका सपनाहरु
जहाँ पाउथ्यौ हामी आफ्नै
भविष्य
हो, तिमी आइरहन्थ्यौ
अनि हामी पछ्याइरहन्थ्यौ
तिम्रा पदचापहरु !!!
आज तिमीले विर्सिएका छौ
ति आदिम वस्तिहरुलाइ
तिमीले भुलेका छौ
आफ्नै अनुहारको आभालाइ
आफैलाइ भुलेर तिमी
झुन्डिरहेका छौ वर्षौदेखि
यी निर्जिव भवनहरुका
भित्ताहरुमा
जसले सधै सत्ताको गितहरु मात्रै गाउँछ !!!!

नि:शब्द 👌👌😍
ReplyDelete