Skip to main content

Posts

Showing posts from 2017

अलबिदा नारान दाइ !

अहिलेको नारान गोपाल चोक नजिकै बस्थे नारायण गोपाल । उनि दिबँगत भएपछि त्यस चोकलाइ उनको नामले नामाकरण गरियो । जब मानिसलाइ एक्लोपनले सताउँछ उ नारायण गोपालाइ सुन्छ । जब मानिसलाई चिच्याएर रून मन लाग्छ तर रुन पाउँदैन उ नारायण गोपाललाई सुन्छ । जब उदासिले मानिसलाई च्यापछ ,जब बिछोडको हुरिले उडाउँछ मानिसले नारायण गोपाललाई सुन्छ । यसरि आफू यस लोकबाट बिदा भएको २७ वर्षपछि पनि सबैको हृदयमा बस्न सफल भएका छन नारायण गोपाल । नारायण गोपाल अहिले बाँचेको भए कति वर्षका हुन्थे अनि उनले गाएको  नयाँ गित फेसबुकमा सेयर गर्थेकि गर्थेनन् । यि सबै काल्पनिक कुरा हुन ,तैपनि कहिलेकाहि यि सबै सम्झेर नोस्टालिजिक हुन्छु । सायद पुस्तौ पुस्ताले सुन्नेछ नारायण गोपाललाई । यो क्रम निरन्तर चल्ने छ । कहिलेकाहिँ युगले महापुरुषलाई जन्माउँछ । उनका कालजयि गित जति सुने पनि सुनौँ सुनौँ लाग्छ । आजको पुस्ताले उनका गित गुनगुनाएको देखेको भए सायद नारायण गोपाल मुस्कुराउँने थिए । जति बाच्नु पर्ने हो त्यति बाचेन उनि । अलि धेरै बाचेको भए उनले अझ धेरै दिएर जान्थे तर जति दिएर गएका छन ति सबै अद्भुत छन् । यद...

तिमी प्रशिद्ध कविता थियौ

तिमी प्रशिद्ध कविता थियौ त्यसैले स्कुले विद्यार्थी रटिरहेका थिए तिमी बिज्ञापन थियौ त्यसैले होडिङबोर्डहरुमा हासिरहेकी थियौ तिमी चौतारी थियौ  त्यसैले त्यहाँ चहलपहल थियो सायद तिमी फोटो थियौ त्यसैले चुपचाप नबोली भित्तामा झुन्डिरहेकी थियौ ! तिमी बतास थियौ त्यसैले पातहरु हल्लिरहेका थिए तिमी सुगन्ध थियौ त्यसैले चराहरु आइरहेका थिए सायद तिमी मौसम थियौ त्यसैले बद्लिरह्यौ !! तिमी मुस्कान थियौ जसको दोबाटोमा उभिएर सधैं पराजित भइ रहे दुखहरु तिमी बाट तिमी सुस्केरा थियौ त्यसैले सङ्गीतमा आयौ सायद तिमी भित्तेपात्रो थियौ त्यसैले प्रत्येक नयाँ बर्षहरुमा फेरिरह्यौ !!!