अहिलेको नारान गोपाल चोक नजिकै बस्थे नारायण गोपाल । उनि दिबँगत भएपछि त्यस
चोकलाइ उनको नामले नामाकरण गरियो ।
जब मानिसलाइ एक्लोपनले सताउँछ उ नारायण गोपालाइ सुन्छ । जब मानिसलाई चिच्याएर
रून मन लाग्छ तर रुन पाउँदैन उ नारायण गोपाललाई सुन्छ । जब उदासिले मानिसलाई
च्यापछ ,जब बिछोडको हुरिले उडाउँछ मानिसले नारायण गोपाललाई सुन्छ । यसरि आफू यस
लोकबाट बिदा भएको २७ वर्षपछि पनि सबैको हृदयमा बस्न सफल भएका छन नारायण गोपाल ।
नारायण गोपाल अहिले बाँचेको भए कति वर्षका हुन्थे अनि उनले गाएको नयाँ गित फेसबुकमा सेयर गर्थेकि गर्थेनन् । यि
सबै काल्पनिक कुरा हुन ,तैपनि कहिलेकाहि यि सबै सम्झेर नोस्टालिजिक हुन्छु ।
सायद पुस्तौ पुस्ताले सुन्नेछ नारायण गोपाललाई । यो क्रम निरन्तर चल्ने छ । कहिलेकाहिँ
युगले महापुरुषलाई जन्माउँछ । उनका कालजयि गित जति सुने पनि सुनौँ सुनौँ लाग्छ ।
आजको पुस्ताले उनका गित गुनगुनाएको देखेको भए सायद नारायण गोपाल मुस्कुराउँने थिए
।
जति बाच्नु पर्ने हो त्यति बाचेन उनि । अलि धेरै बाचेको भए उनले अझ धेरै दिएर
जान्थे तर जति दिएर गएका छन ति सबै अद्भुत छन् । यदि हामिले नेपालि गित सँगितको
बिकास र सर्जकलाई सम्मान गर्यौ भने त्यो नै
उनलाई गरिएको साँचो कदर हुनेछ ।
अलबिदा नारान दाइ । हजुरबुवा पुस्ताको नारायण गोपाललाई किन किन दाइ भनेर
सम्बोधन गरे थाहा छैन। मलाइ थाहा छ यो मेरो आलेखको खासै महत्व छैन तर पनि आज मेरो
गायकलाइ सम्झिएर केहि नलेखि बस्न सकिन ।
अलबिदा नारान दाइ !
अलबिदा !!!
Comments
Post a Comment