मेरो मेसीसँगको पहिलो परिचय टेलिभिजनका पर्दामा भएको होइन । मैले पत्रिकाका खेलकुदका पानाहरूमा मेसीलाई पढे । उनी फिफा वर्ष खेलाडी भए र चर्चाको केन्द्रमा आफूलाई उभ्याए । उनको तुलना डिएगो म्याराडोनासँग भयो । उनको खेल्ने शैली पनि उनै म्याराडोनासँग तुलना हुन थाल्यो । मैले मेसीलाई पहिलो पटक खेलाडी भन्दा पनि एउटा सुन्दर मिथको रुपमा चिने । *** २०२२ को डिसेम्बरको एक साँझ कतारको लुसेल रङ्गशालामा मेसी र उनको टिम अर्जेन्टिना विश्व विजेता बन्यो । यो सँगै मेसीले जित्न बाँकी केही रहेन अब । फुटबल पारखीको मन पटक पटक जितेका उनै लियोनल मेसीले गोल्डेन बल पनि जिते र प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । गोल्डेन बल त मेसीले २०१४ मा नै जितेका थिए । तर यसपालिको जितमा उनका आँखामा आँशु थिएन । यति कतै आँशु थियो भने त्यो हर्षको आँशु थियो । *** विश्वकप आयो । मेसीको टिम आयो । कोचको रुपमा म्याराडोना आए । पहिलो पटक स्कुलको साथीले...