उसले पहिलो छुट्टि मालिकसँग माग्यो
र, गाउँभरि उ लाहुरे घोषित भयो
पहिलो विदामा
उसको घरले एउटा नयाँ जस्तापाता पायो
र, बा-आमाका मुहारले मुस्कान पायो !
उसले दोस्रो छुट्टि मालिकसँग माग्यो
र गाँउभरि उ नयाँ बेहुला घोषित भयो
दोस्रो विदामा
उसले घरमा दुलहि ल्यायो
र, श्रिमानको ताज पहिरिएर उ फर्कियो !
आफ्नो तेस्रो छुट्टिमा
उ निकै हतारिएको थियो
र गाउभरि उ छोरिको पिता घोषित भयो
छोरिको मुहारमा आफ्नो भविश्य देख्यो
देख्यो एउटा नयाँ आशा र नौलो विहानि
यसरि पिताको जिम्मेवारि लिएर उ फर्कियो !
आफ्नो चौथो छुट्टिमा उ घर आयो
यसपटक उ वेचैन थियो
र गाउँभरि उ शोकाकुल छ भन्ने घोषणा भयो
यसरि आफ्ना बा-आमाका तस्विर र सम्झना
लिएर उ फर्कियो !
यसपटक छुट्टिमा आउँदा
उ मलिन थियो
र गाउँभरि उ छोरिको माइति घोषित भयो
यसरि आफ्नो प्रिय छोरिलाइ विदा गरेर
मन भारि बनाउँदै उ फर्कियो !
यसपटक उसले मालिकसँग अन्तिम छुट्टि माग्यो
यसपटक उ मौन थियो
उ शान्त थियो
उसमा कुनै वेचैनि थिएन
उ त नदिको किनारमा निदाइरहेको थियो
जसले आफ्नो पसिना र जवानि
मालिक र परदेशलाइ दिएर थाकेको थियो
यसरि, गाउँभरि श्रिमतिलाइ विधवा घोषित गरेर
उ सधैँका लागि विदा भयो
यसरि विदा भयो कि
अब उसले कहिल्यै मालिकसँग छुट्टि माग्नु पर्ने छैन !
Great poem.🎉🎊 The long journey of life in short poem.💚💚💚💚💚 Achyut dai.💚💝
ReplyDeleteThank you so much for this beautiful feedback !
DeleteSo beautiful!
ReplyDeleteso touching!!
ReplyDelete