बगिरहेका छन् दुइ बालक
समातेर आफ्नै धरोहरका औँलाहरु
पछ्याउदै आफ्नै आस्थाका काखहरु
आज पानीमा मिसिएका छन्
उदाउँदै गरेका दुइ घामहरु !
छट्पटाउदै बगिरहे
उदाउन बाँकि दुइ घामहरु
छुट्टिए आफ्ना विश्वासका औलाहरुबाट
छुट्टिए आफ्ना साहाराका काखहरुबाट
अनि एकाएक मिसिन पुगे पानीमा !
बग्दाबग्दै यी पानीमा
फुल्न बाँकि दुइ फूलहरु
समाधिस्थ भए
समातेर आफ्नै भगवानका औलाहर
च्यापेर आफ्नै जीवनदाताका काखहरु
एकाएक मिसिन पुगे पानीमा !
निस्सासिदै बगिरहे
उदाउन बाँकी जूनहरु
छट्पटाइरहे पानीमा
रोकिएर सास
अबरुद्ध भएर गला
समाधिस्थ भए
यही बगिरहने पानीमा
यी सुन्दर दुइ आशाहरु !
छट्पटाउदै बगिरहँदा
रोदनहरु यही पानिले मात्रै सुनिरह्यो
आँशुहरु पनि यही पानीमा
मिसिन पुगे
वेदनाका गीतहरु यही पानीले
मात्रै सुसेलिरह्यो एकोहोरो
र समाधिस्थ भए
दुइ वालकहरु
समातेर आफ्नै जीवनदाताका औँलाहरु !

Wow!
ReplyDelete👏👏
ReplyDeleteLaxmi
ReplyDeleteKeep writing
ReplyDelete