तिम्रो प्रतिक्षामा
घडि हेरिरहेको छु
लाग्छ घडिका सुइहरु
नाचिरहेका छन्
सायद म पनि उनिहरु जस्तै
नाचिदिने थिए
तर त्यो भन्दा अघि
कुर्नु छ तिम्रो नवीन आगमन !
तिम्रो प्रतिक्षामा
म तिमिलाइ पनि
सम्झिन सक्दिन
सम्झनलाइ पनि
पहिले विर्सन पर्ने रहेछ
सायद म पनि
विर्सन्थे होला आफैलाइ
तर त्यो भन्दा अघि
कुर्नु छ तिम्रो आगमन
जसपश्चात हामि एकले अर्कालाइ विर्सने छौ
र हाम्रा अगाडि केवल रहनेछ
एउटा अग्लो शुन्यता !!
Comments
Post a Comment