Skip to main content

Posts

Showing posts from September, 2019

तिम्रो प्रतिक्षामा

तिम्रो प्रतिक्षामा घडि हेरिरहेको छु लाग्छ घडिका सुइहरु नाचिरहेका छन् सायद म पनि उनिहरु जस्तै नाचिदिने थिए तर त्यो भन्दा अघि कुर्नु छ तिम्रो नवीन आगमन ! तिम्रो प्रतिक्षामा म तिमिलाइ पनि सम्झिन सक्दिन सम्झनलाइ पनि पहिले विर्सन पर्ने रहेछ सायद म पनि विर्सन्थे होला आफैलाइ तर त्यो भन्दा अघि कुर्नु छ तिम्रो आगमन जसपश्चात हामि एकले अर्कालाइ विर्सने छौ र हाम्रा अगाडि केवल रहनेछ एउटा अग्लो शुन्यता !!