Skip to main content

Posts

Showing posts from February, 2018

भ्यालेनटाइन डे - तिन छोटा कविता

१. ढलपल-ढलपल पारिदिन्छन समयको फेदनेर जम्मा भइरहेका ती सिद्धान्तका लहरहरुले मलाइ कहिले दायाँ तान्छन कहिले बायाँ तान्छन सधैं नै म ढलपल-ढलपल हुन्छु अनि कहिलेकाही ती सिद्धान्तहरुले तान्न छोड्छन र म बेबारिसे हुन्छु ! २. बिर्सिएर तिमिलाइ एकपटक पुनः सुरु देखि सम्झिन चाहान्छु सम्झिदा सम्झिदै बिचमा बिर्सन चाहान्छु ताकी सुरु देखि फेरि सम्झिन पाइयोस् ! ३. बिस्तारै बिस्तारै म तिमिलाइ विर्सन चाहान्छु ढुङ्गाहरु जम्मा पारेर मन्दिर बनाउन चाहान्छु मन्दिर अगाडि चप्पल संगै मानवता राखेर मानिसलाइ धार्मिक बनाउन चाहान्छु बिस्तारै बिस्तारै म तिमिलाइ विर्सन चाहान्छु !