Skip to main content

Posts

Showing posts from December, 2022

मेसी - एक जादुगर

मेरो मेसीसँगको पहिलो परिचय टेलिभिजनका पर्दामा भएको होइन । मैले पत्रिकाका खेलकुदका   पानाहरूमा   मेसीलाई पढे ।   उनी   फिफा वर्ष   खेलाडी   भए र चर्चाको केन्द्रमा   आफूलाई   उभ्याए । उनको तुलना डिएगो म्याराडोनासँग भयो । उनको खेल्ने   शैली   पनि उनै म्याराडोनासँग तुलना हुन थाल्यो । मैले मेसीलाई पहिलो पटक   खेलाडी   भन्दा पनि एउटा सुन्दर मिथको रुपमा चिने । ***   २०२२ को डिसेम्बरको एक साँझ कतारको   लुसेल   रङ्गशालामा   मेसी र उनको टिम अर्जेन्टिना विश्व विजेता बन्यो । यो   सँगै   मेसीले जित्न   बाँकी   केही   रहेन अब । फुटबल   पारखीको   मन पटक पटक जितेका उनै लियोनल मेसीले गोल्डेन बल पनि जिते र प्रतियोगिताको उत्कृष्ट   खेलाडी   बने । गोल्डेन बल त मेसीले २०१४ मा नै जितेका थिए । तर यसपालिको जितमा उनका आँखामा आँशु थिएन । यति कतै आँशु थियो भने त्यो हर्षको आँशु थियो । ***   विश्वकप आयो । मेसीको टिम आयो । कोचको रुपमा म्याराडोना आए ।   पहिलो पटक स्कुलको   साथीले...