Skip to main content

Posts

Showing posts from May, 2022

चुनावको पूर्व सन्ध्यामा

आफ्नो प्रिय दर्शकलाई वारम्बार एउटै कुरा दोहोराएर कुनै टक सो होस्टले मोह भंग गराएका छन् । यो लेखिरहदा मलाई पनि कुराहरु दोहोरिएर पढ्नेको मोह भंग होला भन्ने डर छ । स्थानिय चुनावको सँघारमा देश छ । यतिवेला सवैलाई चुनावको रंगले छोपेको छ । विस्तारै चुनावि गर्मि बढ्दै जानेछ । चुनावको पुर्व सन्ध्यामा म यो लेख लेखिरहेको छु । इमानदार भएर भन्ने हो भने यो लेख नलेखेको भए पनि हुन्थ्यो । तैपनि आफ्ना कुरा भन्ने यो उपयुक्त समय हो भन्ने लागिरहेको छ ।  म प्राय मेरो साथिहरुसँग भेट्ने गर्छु । केहि साथिहरुसँग बारम्बार भेट हुन्छ अनि हामी अनेक कुराहरु गर्छौँ । प्रसँगवस राजनीतिको विषय पनि आउँछ । चुनावको मौसममा त झन नआउने कुरै भएन । तर आज सुरुमा नाटकबाट प्रसंग सुरु गरौ ।  मण्डलामा “पल्पसा क्याफे” नाटक चलिरहेको थियो। म मेरा प्रिय दाइलाई नाटक हेर्न काठमाडौ आउन अनुरोध गरिरहेको थिए । चुनावको व्यस्तताले उहाँ आउनु भएन । म र मेरो साथि (एकजना प्रिय साथि चाहि समय अभावले छुट्नु भयो) भएर नाटक हेर्न गयौँ । संयोगवस उपन्यासका लेखक नारायण वाग्ले र त्यसका नाट्य रुपानतरण गर्ने सुरज सुवेदीको छेउमा वसेर नाटक हेर्ने मौका म...