उसले पहिलो छुट्टि मालिकसँग माग्यो र, गाउँभरि उ लाहुरे घोषित भयो पहिलो विदामा उसको घरले एउटा नयाँ जस्तापाता पायो र, बा-आमाका मुहारले मुस्कान पायो ! उसले दोस्रो छुट्टि मालिकसँग माग्यो र गाँउभरि उ नयाँ बेहुला घोषित भयो दोस्रो विदामा उसले घरमा दुलहि ल्यायो र, श्रिमानको ताज पहिरिएर उ फर्कियो ! आफ्नो तेस्रो छुट्टिमा उ निकै हतारिएको थियो र गाउभरि उ छोरिको पिता घोषित भयो छोरिको मुहारमा आफ्नो भविश्य देख्यो देख्यो एउटा नयाँ आशा र नौलो विहानि यसरि पिताको जिम्मेवारि लिएर उ फर्कियो ! आफ्नो चौथो छुट्टिमा उ घर आयो यसपटक उ वेचैन थियो र गाउँभरि उ शोकाकुल छ भन्ने घोषणा भयो यसरि आफ्ना बा-आमाका तस्विर र सम्झना लिएर उ फर्कियो ! यसपटक छुट्टिमा आउँदा उ मलिन थियो र गाउँभरि उ छोरिको माइति घोषित भयो यसरि आफ्नो प्रिय छोरिलाइ विदा गरेर मन भारि बनाउँदै उ फर्कियो ! यसपटक उसले मालिकसँग अन्तिम छुट्टि माग्यो यसपटक उ मौन थियो उ शान्त थियो उसमा कुनै वेचैनि थिएन उ त नदिको किनारमा निदाइरहेको थियो जसले आफ्नो पसिना र जवानि मालिक र परदेशलाइ दिएर थाकेको थियो यसरि, गाउँभरि श्रिमतिलाइ वि...