Skip to main content

Posts

Showing posts from April, 2021

नयाँ वर्षमा तिमिलाइ स्वागत छ !

  भित्तामा झुन्डिएको छ एउटा पात्रो जसका अन्तिम पाना टोलाइरहेको छ लाग्छ उसले आफ्नो मृत्युको पूर्व तयारि गरिरहेको छ उसलाइ थाहा छ अब ऊ असान्दर्भिक हुनेछ उसको सट्टामा भित्तामा अरु कोहि आउनेछ !   वितेका दिनहरुमा मानिसहरु आए यसलाइ नियाले आफ्ना प्रिय मितिहरु हेरेर मुसुक्क हाँसे कठोर मितिहरु हेरे अनि एउटा गहिरो सुस्केरा हाले लाग्छ आज मानिसहरुले उसलाइ अन्तिमपटक हेर्दै छन् !   अब यी भित्तेपात्रोका पानाहरु छुट्नेछन् मितिहरु छुट्नेछन् जसरि सधैँ छुट्छन् दोवाटोहरुमा प्रिय मानिसका मुस्कानहरु जसरि कहिल्यै भेटिन्न छुटेका मानिसहरु संयोगले कतै आँखाहरु जुधे भने पनि ति मानिसहरु नयाँ भइसकेका हुनेछन् जसरि अब यि मितिहरु पनि भेटिनेछन् फेरि कतै तर अंकहरु फरक हुनेछन् फरक हुनेछन् पानाहरु फरक हुनेछन् त्यसका स्मृतिहरु !   अञ्जुली भरि आशाका किरणहरु बोकेर ऊ भित्तामा टुपलुक्क आउनेछ र मुस्कुराउनेछ अनि भन्ने छ तिमि पनि त बद्लिएका छौ यी वितेका वर्षहरुमा तिम्रा मुहारका आभाहरु पनि त परिवर्तन भएका छन् तिमिले गुनगुनाउने ध्वनिहरु पनि त फे...