Skip to main content

Posts

Showing posts from April, 2020

नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ !

प्रिय नयाँवर्ष, म तिमिलाइ कसरि स्वागत गरौ सँघारमा उभिएर नियालिरहेको छु तिम्रो आगमन पहिले पहिले तिम्रो स्वागतमा शहर झिलिमिलि हुन्थ्यो मानिसहरु खुशिमा झुमेका हुन्थे गाइन्थ्यो एउटा उत्सवको गित तर आज शहर चुपचाप छ ! सारा संसारले आशुको गीत गाउँदा मानिसहरु आक्रान्त बन्दा लहरै राखिएका लासका पंक्ति अनि उनिहरुको वियोगमा आफन्तले झारेका यी आशुहरुको कथा सुने पछि नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ ! आफ्नो घरको बाटो पछ्याउदै हिडेका ति तमाम मजदुरहरुको थाकेका पैतला गलेका अनुहार लामो दुरि हिडेपछि सुसेलेका सुस्केरा सुनिसकेपछि नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ ! घर भित्रै थुनिएपछि निभ्न लागेको चुलो छोराछोरिको भोकको कर्कस आवाज र आफू भित्रको छटपटिलाइ नियालिरहेको मजदुरको अनुहार सम्झिएपछि नयाँवर्ष तिमिलाइ कसरि स्वागत गरौ ! लाग्छ नयाँवर्ष तिमिलाइ पर धकेलिदिउँ अनि कुरौ यो महामारिको अन्त्य जसपश्चात सिँगो मानव सभ्यताले नविन यात्राको प्रारम्भ गर्नेछ र प्रेम गर्नेछ आफ्नो पृथ्विलाइ !!