बगिरहेका छन् दुइ बालक समातेर आफ्नै धरोहरका औँलाहरु पछ्याउदै आफ्नै आस्थाका काखहरु आज पानीमा मिसिएका छन् उदाउँदै गरेका दुइ घामहरु ! छट्पटाउदै बगिरहे उदाउन बाँकि दुइ घामहरु छुट्टिए आफ्ना विश्वासका औलाहरुबाट छुट्टिए आफ्ना साहाराका काखहरुबाट अनि एकाएक मिसिन पुगे पानीमा ! बग्दाबग्दै यी पानीमा फुल्न बाँकि दुइ फूलहरु समाधिस्थ भए समातेर आफ्नै भगवानका औलाहर च्यापेर आफ्नै जीवनदाताका काखहरु एकाएक मिसिन पुगे पानीमा ! निस्सासिदै बगिरहे उदाउन बाँकी जूनहरु छट्पटाइरहे पानीमा रोकिएर सास अबरुद्ध भएर गला समाधिस्थ भए यही बगिरहने पानीमा यी सुन्दर दुइ आशाहरु ! छट्पटाउदै बगिरहँदा रोदनहरु यही पानिले मात्रै सुनिरह्यो आँशुहरु पनि यही पानीमा मिसिन पुगे वेदनाका गीतहरु यही पानीले मात्रै सुसेलिरह्यो एकोहोरो र समाधिस्थ भए दुइ वालकहरु समातेर आफ्नै जीवनदाताका औँलाहरु !